अष्ट्रेलिया पर्यो पानी

Photo : Circular Quay,Sydney / The Dailytelegraph

विदेश । केहि समय यता विश्वको ध्यान अष्ट्रेलियाको बुसफायरमा केन्द्रित छ । गत सेप्टेम्बरबाट भइरहेको बुसफायर नियन्त्रणमा आओस भन्दै धेरैले प्राथना गरिरहेका छन् । लामो समय देखि पानी नपर्नुले पनि बुसफायरले उग्र रुप लिएर नियन्त्रण बाहिर गइसकेको थियो । पानी परोस् भनेर केहि दिन देखि विश्वभरबाट कामना गरिएको थियो । सोमबार साँझ सिड्नीका केहि स्थानमा हल्का बर्षा भए पनि बुधबार बिहान १२ बजे देखि सिड्नीको अधिकांस स्थानमा पानी परेको छ ।

बिहान १ बजे देखि ९ बजे सम्म निरन्तर रुपमा बर्षा भएको छ । यसले गर्दा अष्ट्रेलियावासीसँगै विश्वभरका प्रकृति प्रेमी खुसि छन् । पानी परेसँगै बुसफायर नियन्त्रणमा आउने सम्भावना बढेको छ । अष्ट्रेलियाको बिभिन्न स्थानमा लागेको डढेलोमा १८ जनाले ज्यान गुमाईसकेका छन् । ५० करोड भन्दा बढी बन्यजन्तु र निजि फार्मका पालुवा जीवहरु मरेका छन् । भने,हजारौ नागरिक डढेलोबाट विस्थापित भएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्