‘मेरो डान्स कप’को चौथो र ‘मेरो भ्वाइस कप’को दोश्रो सिजनको घोषणा

देश । ‘मेरो डान्स कप’को चौथो र ‘मेरो भ्वाइस कप’को दोश्रो सिजनको घोषणा गरिएकोछ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको घोषणा गरिएको हो । अमेरिकाको ओहोया स्थित एक्रोनमा जनवरी ४ मा यी दुई कार्यक्रमको सुरुवात हुनेछ । ‘मेरो डान्स कप’मा नायिका केकी अधिकारी र ‘मेरो भ्वाइस कप’मा गायक प्रमोद खरेल निर्णायकको रुपमा रहनेछन् ।

नृत्य र गायनमा रुची भएका प्रतिभाले यो शोमा भाग लिन सक्नेछन् । अमेरिकाको विभिन्न राज्यमा यो शोको अडिसन हुने समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा प्रमोद खरेल , केकी अधिकारी र रिमा विश्वकर्माको उपस्थिति रहेको थियो । अडिसनबाट छानिएका २० जना प्रतिभाले यो शोमा भाग लिन पाउनेछन् । दुबै शोको विजेताले कार र १० तोला सुन पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, दोश्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक पुरस्कार पाउनेछन् भने तेश्रो हुनेले सिल्भर कप र पुरस्कार पाउने आयोजक सदस्य मध्येकी एक रीमाले जानकारी दिइन् । ‘इन्टरनेशनल होम केयर’का संचालक डिल्ली अधिकारीको आयोजनामा यो शो हुन लागेको हो । दुबै रियालिटी शोको फाइनल भने अगष्टमा हुनेछ । यो शोको उद्घाटनमा सन्दिप क्षेत्री, बाबु बोगटी, दिलिप रायमाझी, सुशिल क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अन्जु पन्त लगायतका कलाकर्मीको उपस्थिती रहनेछ ।

कमेन्ट गर्नुहोस्