फिल्म । अभिनेत्री करिश्मा मानन्धरको सुन्दरताको चर्चा हुने गर्छ । उनलाई सदाबहार सुन्दरीको ट्याग समेत लगाइएको छ । किनकी उनले आफ्नो सुन्दरतामा कमि आउँन दिएकी छैनन् । उनले लामो समय नेपाली फिल्मनगरीमा राज गरिन् । पछिल्लो समय उनि अभिनय भन्दा पनि मेकिङमा छिन् । तर , यिनै करिश्मा र निर्माता विनोद मानन्धरकी एक्ली छोरी हुन्, कविताको फिल्म करियर भने राम्रो देखिएको छैन। अमेरिकामा बसेर पढिरहेकी उनी नेपाल–अमेरिका आउजाउ गरिरहन्छिन् ।
करिश्माको छोरी भएकोले उनलाई हिरोइनको रुपमा हेर्न चाहने धेरै दर्शक छन् । तर , त्यो मौका जुरेको छैन । केहि समय अगाडी उनले ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यु गर्न कम्मर नकसेकी पनि हैनन् । तर , फिल्म यतिबेलासम्म पनि रिलिज हुन् सकेको छैन । फिल्म बीचैमा अड्किएको लामै समय भइसक्यो। अब फिल्म पूरा हुन्छ÷हुन्न, टुंगो छैन। यसरी कवितालाई डेब्यूमा नै ढुंगा लागेको छ ।
त्यसो त अघिल्लो वर्ष कवितालाई डेब्यू गराउने गरी करिश्माले फिल्म बनाउने चर्चा चल्यो । यस क्रममा करिश्माले कम्तीमा आधा दर्जन निर्देशकसँग कुराकानी गरेको पनि चर्चा थियो । तर, कुरो अघि बढेको चाल पाइएन । यही भएर होला, न करिश्मा आजभोलि छोरीको डेब्यूको कुरा गर्छिन्, न फिल्म बनाउने नै । कलाकार नै कलाकार भएको फिल्ममा खेलाउने करिश्माको निर्णय उतिबेलै मान्छेले निको मानेका थिएनन्। त्यसमाथि फिल्म अड्कियो। यता करिश्मालाई राजनीति फापेन, उता कवितालाई फिल्म !










