विश्व । जमाइकाले यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जितेको छ। जमाइकाका लागि टोनी एन सिंले सो उपाधि जितेकी हुन् । शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन् । विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् ।
मिस वर्ल्ड २०१८- भनिसा पोन्सले उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन् । नेपालकी मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोजको ताज हात पारिन् । अन्तिम १२ मा पर्न सफल भएकी नेपाल सुन्दरी अनुष्का श्रेष्ठ ‘टप ५’ मा पर्न असफल हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन् ।
कमेन्ट गर्नुहोस्









