दर्शकले रुचाए भिटेनको ‘थाहा छैन’ (भिडियो)

संगीत । युवापुस्ता माँझ र्‍यापर भिटेन (समिर घिसिङ) परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ । र्‍याप मार्फत उदाएका भिटेन अहिले युटुबको टेन्डिङको पहिलो नम्बरमा छन् । उनका प्राय गीत सर्वाजनिक भएपछी पहिलो नम्बरमा पर्ने गर्छ । यसैको शिलशिला स्वरुप उनको नयाँ गीत ‘थाहा छैन’ले युटुबको शिर्ष स्थान ओगटेको छ । ४ दिन अगाडि सार्वजनिक गीतले दर्शकको राम्रो प्रतिक्रिया समेत पाइरहेको छ ।

केहि अगाडी गीतमा भद्दा शब्द प्रयोग गरेको भन्दै प्रहरीले प्रकाउ गरेपछि यतिबेला भिटेनले मेलोडियस गीत ल्याएका हुन् । गीत मार्फत भनिएका शब्द भिटेन अर्थात् समीर घिसिङकै जीवनीबाट प्रेरित रहेको अनुमान धेरैले लगाएका छन् । यो गीतले यो समाचार तयार पार्दासम्म ९ लाख ५० हजार बढी भ्यूज पाएको छ । गीतलाई लाईक गर्नेहरु ७० हजार छन् भने डिसलाईक गनेको संख्या १५ सय छ । यस गीतलाई राम्रो भन्ने दर्शकको संख्या धेरै छ । हिरासतबाट बाहिर निस्किएपछि भिटिनले ‘थाहा छैन’ बोलको गीत तयार पारेका हुन् । गीतको भिडियोलाई उमान वाइवाले तयार गरेका हुन् ।

कमेन्ट गर्नुहोस्