‘ओपनिङ गतिलो नहुने भएपछी सरेका हौ’

फिल्म । कार्तिक २२ बाट ‘घामड शेरे’ प्रदर्शनमा आउदै छ । गत कार्तिक ८ मै प्रदर्शनमा आउने भनिएता पनि अन्तिम समयमा फिल्म सरेको थियो । यो फिल्मको रिलिज मितीमा हेरफेर भएसँगै अन्यलाई समेत असर गरेको थियो । ‘घामड शेरे’ को बारेमा जानकारी गराउने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा निर्देशक तथा निर्माता हेमराज बिसीले फिल्मले कम शो पाएकै कारण सारिएको स्वीकारे ।

‘हामीले कमजोर ओपनिङ हुने देखेपछि फिल्म सार्न बाध्य भएका हौ’ निर्देशक बिसीले भने ,’हामीले व्यवसायकै लागि फिल्म बनाएका हौ त्यसैले शो कम पाउँदा सर्यौ ।’ फिल्मका लिड कलाकार अर्थात् शेरे निश्चल बस्नेतले हल संचालक, वितरकसँग असन्तुष्टी पोखेका थिए । उनले नेपाली फिल्मलाई इनिसियल फेजमै हेरिने दृष्टिकोणको विषयमा चर्चा गरे । फिल्मममा निश्चलको अपोजिटमा सुष्मा निरौला र स्वस्तिमा खड्का छिन् ।

विज्ञापन

सुष्मा श्रीमतीको भूमिकामा छिन भने स्वस्तिमा सालीको । फिल्मको अधिकांश छायांकन सुर्खेतमा भएको छ । फिल्ममा निश्चल एक किसानको भूमिकामा छन् । उनले आफ्नो जीवनमा आउँने बाधा-अड्चनलाई कसरि जित्छन , फिल्मयसमै केन्द्रित रहेको छ । निर्देशक बिसीको होम प्रोडक्सन कम्पनी बिसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् । रिलिज नजिकिदै गर्दा निर्माण युनिटले फिल्मको दोस्रो ट्रेलर पनि सार्वजानिक गरेको छ ।

कमेन्ट गर्नुहोस्