फिल्म । बलिउडमा हिट एण्ड फिट अभिनेताको रुपमा चिनिन्छन् ऋतिक रोशन । उनको बडी र डान्ससँगै अभिनयको पनि उत्तिकै चर्चा हुने गर्छ । विशेषत उनको बडीलाई धेरैले प्रेरणाको रुपमा लिने गरेका छन् । पछिल्लो रिलिज फिल्म वारमा ऋतिकले गरेको अभिनय चर्चा यतिबेला बढ्दो छ । फिल्मलाई केहिले त ‘ऋतिक रोशन शो’ समेत भनिरहेका छन । यसैक्रममा ऋतिकले फिल्म ‘सुपर ३०’ को आनन्द कुमारबाट ‘वार’ को कबिर बन्दाको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
उनले आफ्नो बडीमा आएको परिवर्तनलाई भिडियो मार्फत प्रस्ट्याएका हुन् । फिजिकल ट्रान्सफोर्मेशनको भिडियो सार्वजनिक भएसँगै ऋतिकको झनै प्रसंसा बढेको छ । उनको धाडको चोट भएता पनि त्यसको पर्वाह नगर्दै आफुलाई गन्तव्यमा पुर्याउन सफल भए । यतिबेला फिल्मले निकै राम्रो व्यापार गरिरहेको छ भने ऋतिक पनि निकै उत्साहित छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











