देश । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । सोमबारदेखि हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल पठाइएको स्रोतले जानकारी दिएको छ ।
हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । अक्सिजनको पनि व्यवस्था गरिएको थियो । उच्च रक्तचापका विरामी महराको स्वासप्रश्वासमा पनि समस्या आएको समेत श्रोतले बतायो । महराको बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानसमेत लिइएको थियो । उनलाई सरकारी वकिल कार्यालयबाट अस्पताल लगिएको हो ।
कमेन्ट गर्नुहोस्












