घामड शेरेको ‘साली मन पर्‍यो’ सार्वजनिक (भिडियो)

फिल्म । आउँदो कार्तिक ८ गते फिल्म प्रदर्शन गर्ने घोषणा गरेको फिल्म ‘घामड शेरे’ को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा फिल्मका लिड क्यारेक्टर निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् । गीतलाइ केही दिन अगाडी मात्र सार्वजनिक गरिएको हो । सार्वजनिक ‘साली मन पर्‍यो’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटा र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा शब्द र संगीत पनि कालीले नै दिएका हुन् । गीतमा प्रदीप लामाको कोरियोग्राफी गरेका छन् । गीत र दोस्रो पोस्टर सर्वाजनिक गरेसंगै फिल्मले आफ्नो रिलिज आउँदो कार्तिक ८ लाई सुनिश्चित गरेको छ ।

निर्देशक हेमराज विसी निर्देशित यो फिल्ममा रियल जोडी निश्चलसँगै उनको रियल जोडी स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । यसमा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा भएको छ । फिल्ममा निश्चल एक किसानको भूमिकामा छन् । उनले आफ्नो जीवनमा आउँने बाधा-अड्चनलाई कसरि जित्छन , फिल्मयसमै केन्द्रित रहेको बुझिएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिक गरे पनि यसको कथासार भने खुलाएको छैन ।

फिल्म रोमान्टिक–कमेडी जनरामा फिल्म निर्माण भएको मात्र बताइएको छ । फिल्ममा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्