संगीत । मोडल एलिना बास्कोटा र पञ्जाबी मोडल ह्यारी चहलको अभिनय रहेको ‘गाह्रो छ’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक क्लब गीतमा नेपाली मोडल लोमस र सनतोषले पनि अभिनय गरेका छन् । गीतमा बाहुबली नाम दिएको कुकरको पनि अभिनय हेर्न सकिन्छ । अभिनेत्री एलिनाले थुप्रै म्युजिक भिडियो र केहि नेपाली फिल्ममा काम गरिसकेकी छन् ।
राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा गायिका मिना निरौलाको स्वर छ । सार्वजनिक भिडियोको निर्देशन प्रज्वल राज घिमिरेले गरेका हुन् । गीतले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त छन् । गीतको अडियो तथा भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।
कमेन्ट गर्नुहोस्












