‘छ माया छपक्कै’ ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म । आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्मको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर्ड छन् । ट्रेलरले फिल्म कमेडी प्रधान रहेको प्रस्ट्याउँछ । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा अभिनेत्री सुपुष्पा भट्टको पनि अभिनय छ

कमेन्ट गर्नुहोस्