फिल्म । अभिनेत्री प्रियंका कार्कीलाई फिल्मनगरीमा ‘आलु’ को रुपमा लिईन्थ्यो । ‘आलु’ यस अर्थमा कि उनि जोसँग पनि घुलमिल हुन्थिन । उनिसँग एक पटक काम गरेकाले उनको प्रसंसा गर्थे । उनले आफ्नो काममा देखाएको डेडीकेसनले सबैलाई प्रभावित बनाएको थियो । अनि उनलाई थाहा थियो मिडिया र फिल्मकर्मीसँग रिलेसन ।
उनले सबैलाई ब्याल्नेस गरेकी थिइन् । तर , पछिल्लो समय यस्तो छैन । उनलाई फिल्मको प्रमोसनमा पर्याप्त समय नदिएको आरोप त लाग्ने गरेको छ नै साथै उनले दुर्व्यवहार गरेको भन्दै पछिल्लो समय आएको एक स्टाटसले राम्रै चर्चा पायो । लोकदोहोरी गायक प्रकाश कटुवालले अष्ट्रेलियाको सिड्नीबाट फर्किने क्रममा आफुलाई उनले नराम्रो व्यबहार गरेको फेसबुकमा लेखे ।
उनले आफुले नेपालीको नाताले सहयोग गर्दा पनि त्यसलाई स्टारडमको दम्भको रुपमा लिएकोले आफु आक्रोशित भएको उनले बताइन । प्रकाशले सामाजिक सञ्जालमा लेखेसँगै विवाद त आयो नै । यसलाई बढाउने काम गरिन् , प्रियंका स्वयमले । उनले यसपटक पनि कान्सकै विधि अपनाइन । उनले युट्युब मार्फत आफ्नो भनाइ दर्शकसम्म पुर्याइन । यसले उनलाई झनै विवादित बनायो ।
स्टाटस मार्फत थाहा नपाएका दर्शकले उनको विवादलाई बुझे । त्यसपछि दर्शकलाई न्यायधिस बन्न कसले रोक्ने ? प्रकाश र प्रियंकाको पक्ष र विपक्षमा फैसला आउँन थाल्यो । यसपटक पनि प्रियंकाको अक्कलले काम गरेन् । आफ्नो चतुर्याइँको कुनैबेला सबैको प्रिय बनेकी प्रियंका पछिल्लो समय भने यसैको कारण विवादित बन्दैछिन् । अलिकति अक्कल पुर्याउने कि प्रियंका जी ?










