प्रभासको ‘साहो’ ले पहिलो दिन कति कमायो ?

फिल्म । भारतीय फिल्म ‘साहो’ शुक्रबार रिलिज भएको छ । साउथ इण्डियन मेकरले निर्माण गरेको यो फिल्म पछिल्लो समय निकै चर्चामा थियो । बाहुबली स्टार प्रभासको अभिनय रहेकै कारण फिल्मको प्रतीक्षा विश्वभरका दर्शकका थियो , जसले भारतीय फिल्म रुचाउछन् । यसै शिलशिलामा ‘साहो’ ले भने अधिकांस दर्शकलाई निराश बनाएको छ ।

फिल्म हेरेर निस्किएका अधिकांसले यसलाई समय , पैसा र स्टारडमको सत्यानासको रुपमा लिएका छन् । क्रिटिक्सको रिभ्यु पनि राम्रो छैन । यसले मुस्किलले दुइ स्टार पाएको छ । निर्देशक तथा लेखक सुजीथलाई दर्शकले प्रभासको स्टारडमको सहि प्रयोग नगरेको भन्दै कमेन्ट गरेका छन् । समिक्षा गतिलो नआएकै कारण यसको व्यपार डे फस्टमा सोचे जस्तो भएन ।

फिल्मले अल इण्डिया ७० करोड (अधिकतम) व्यापार गरेको हुन् सक्ने भारतीय मिडियामा उल्लेख छ । फिल्मले हिन्दी भाषामा अधिकतम २५ करोडको आसपासमा व्यापार गरेको अड्कल गरिएको छ । फिल्मको वर्ड अफ माउथको प्रभाव यसको विजनेसमा देखिएको छ । यसमा प्रभास अन्डर कभर अफिसरको भूमिकामा छन् । उनको एक्सनसँगै आवाज पनि भारतीय फ्यानको लागि गिफ्ट रहेको छ तर दर्शक खुसि छैनन् । फिल्म साउथको तमिल , मलायलम र तेलगुसंगै हिन्दी भाषामा पनि रिलिज भएको हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्