कस्तो चल्दैछ ‘न यता न उता’ ?

फिल्म । गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘न यता न उता’ रिलिज पुर्व प्रिमियरको आयोजना गरेको थियो । दुई अधवैशे अविवाहित लुजरको कथामा तयार भएको यो फिल्मलाई प्रिमियरमा तारिफ मिलेको थियो । लण्डनबाट बिहे गर्नका लागि नेपाल फर्किएका दुई अधवैशे यूवाको कथामा निर्मित फिल्ममा मिराज रोश र समिर मनि दीक्षित मुख्य भूमिकामा छन् । प्रिमियरमा रुचाइएको फिल्मलाई दर्शकले पनि राम्रो प्रतिक्रिया दिएको निर्माण पक्षले जनाएका छन् ।

कथा यी दुइमै केन्द्रित छ । समीर र मिराजसँगै ऋचा शर्मा , छुल्ठिम गुरुङ, बुद्धि तामाङ , रविन्द्र झा , नम्रता सापकोटा , कमलमणि नेपाल , राजाराम पौडेल , जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ , जयनन्द लामा, सिल्सा जिरेल लगायतको अभिनय रहेको छ ।

कमेडी जनरमा तयार फिल्मलाई मिराज र विशारद बस्नेतले संयुक्त रुपमा निर्देशन गरेका हुन् । रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन प्रधान ,बेनकण्ठ माकाजु , प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । यसमा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्