फिल्म । डेब्यु फिल्म ‘धड्क’ मार्फत नै चर्चामा आइन् जाह्नवी कपूर । त्यसपछि उनलाई फिल्ममा अभिनय गराउन चाहनेको कुनै कमि भएन । उनि दोस्रो फिल्ममा पाइलट बनेकी छिन् । सन् १९९९ को कारगिल युद्धमा आफ्नो ज्यानको पर्वाह नगर्दै युद्ध लडेकी गुन्जन सक्सेनाको बायोपिकमा जाह्नवी देखिदैछिन् । गुन्जनलाई फाइटर पाइलट भनेर चिनिने गरिन्छ ।
जाह्नवीले केहि समय पाइलटको ट्रेनिङ लिएर फिल्मको छायाँकन सुरु गरेकी हुन् । डेब्यु फिल्म मार्फत नै दर्शकको मनमा बस्न सफल उनले तेस्रो प्रोजेक्टको लागि भने जोया अख्तरसंग हात मिलाएकी छिन् । लेखिकासंगै निर्देशनमा समेत अब्बल मानिने जोयासंग जाह्नवीले नेटफ्लिक्सको लागि फिल्म गर्दैछिन् । वेब फिल्म मार्फत जाह्नवी अझै बढी दर्शक माँझ पुग्न चाहन्छिन् । ‘घोष्ट स्टोरी’ नामक वेब सिरिजमा मार्फत जोयाले आफुले धेरै पहिला लेखेको कथालाई डिजिटल पर्दामा ल्याउनेछिन् । (एजेन्सी)












