करिश्मा भन्छिन् ‘सरकारी कलेजमै पढ्छु , प्राइभेटमा पढ्दिन’

फिल्म । सदाबहार अभिनेत्रीको ट्याग पाएकी करिश्मा मानन्धर एसइइ परिक्षा उत्रिर्ण भएकी छन् । २०७५ सालको परिक्षामा सहभागी भएकी करिश्मा ३ जीपीए नम्बरसहित ‘बी प्लस’ ल्याएकी छिन् । एसइइ परिक्षाको रिजल्ट आउने चर्चा भएसंगै करिश्माको रिजल्ट के हुन्छ भन्ने चासो फिल्मकर्मी , मिडियाकर्मीसंगै आम मानिसलाई पनि थियो ।

उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा कक्षा ९ बाट अध्ययन सुरु गरेकी थिइन् । एसइइ परिक्षा उत्रिर्ण भएसँगै उनलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुलेको छ । एसइइमा राम्रो अंक पाएकी उनले उच्च शिक्षा कहाँ लिन्छिन् भन्ने जिज्ञाषा पनि सबैमा बढेको छ । ‘मलाइ बि आउछ जस्तो लाग्या थ्यो तर बि प्लस आयो त्यसैले निकै खुसि छु’ करिश्मा भन्छिन् ‘पहिला त आर्ट्स लिने सोच बनाएकी थिए तर अब भने म्यानेजमेन्ट नै लिन्छु ।’ उनले व्यवस्थापनलाई आफुसँग रिलेट गरिन् ।

किनकी उनले अमेरिका पनि म्यानेजरको रुपमा काम गरेकी थिइन् । ‘नेपालीलाई पोलिटिक्स थाहा पाउँन कै लागि पोलिटिकल साइन्स लिनु पर्दैन’ उनले भनिन् । व्यस्थापनको अध्यन गर्ने सोच बनाएकी करिश्मालाई विभिन्न कलेजले छात्रवृत्ति सहित प्रस्ताव गरिरहेका छन् । तर उनि सरकारी स्कुलमा पढ्ने तयारीमा छिन् । ‘म गभरमेन्टकै स्कुलमा पढ्छु , प्राइभेटमा पढ्दिन’ उनले भनिन् ।

उनि गोदावरीमै रहेको दुइ सरकारी उच्च मावि मध्य एकमा पढ्ने बताउछिन् । केही वर्षयता फिल्म अभिनयबाट टाढा रहेकी करिश्माले फिल्मनगरीमा म्यानेजमेन्टको कमि रहेको औल्याइन । सन् २००१ बाट ढुकढुकी फिल्म मार्फत निर्मात्री समेत बनेकी करिश्माले पछिल्लो समय झन्डै ३ वर्ष अगाडी ‘फागु’ निर्माण गरेकी थिइन् । उनि रिजल्ट आएको दोस्रो दिन आफ्नो सफलतालाई साट्न स्कुल पुग्ने भएकी छिन् । उनले एसइइमा राम्रो नतिजा ल्याउदै पास भएसँगै फिल्मकर्मी तथा शुभेच्छुकले सामाजिक सञ्जाल मार्फत बधाई दिईरहेका छन् ।

(निर्देशक सम्झना उप्रेती रौनियारले अभिनेत्री करिश्मा मानन्धरसँग गरेको कुराकानीमा आधारित)

कमेन्ट गर्नुहोस्