प्रमोदको ‘एउटा गीत’ सार्वजनिक (भिडियो)

संगीत । माया एउटा संग बिहे एउटा संग, तिमी कस्को हुने होला म नि कस्को हुने होला , झिमझिम सानु लगायतका थुप्रै सदबाहार गीत दिएर दर्शक श्रोताको मन जितेका दिवान किनारले फेरि चर्चित गायक प्रमोद खरेलको आबाजलाइ चुनेका छन् । उनको संगीत र एरेन्ज अनि आर के रम्तेलको शब्दमा प्रमोद खरेलको आबाजसंगै एउटा अत्यन्तै मार्मिक गीत सार्बजनिक भएको छ ।

गोपाल साउदले निर्देशन गरेको भिडियोलाइ पिएस बिडारीले छायाँकन गरेका हुन् भने सम्पादन गोबिन्द लाहोरियाले गरेका हुन् । भिडियोमा गोपाल साउद,निरु कौर,रोहित शर्मा र नेहा खुरानालाइ फिचर्ड गरिएको छ । उक्त गीतको भिडियोमा भारतको विभिन्न ठाउँहरूको लोकेशनलाई सुन्दर ढंगले चित्रण गरिएको छ ।

कमेन्ट गर्नुहोस्