कमेन्ट गर्नुहोस्
‘कानुन अनुसार नै भएको राम्रो’ शम्भु राइ

संगीत । पछिल्लो समय ‘गलबन्दी’ गीत मार्फत चर्चामा रहेका गायक प्रकास सपुतलाई यतिबेला तनाव थपिएको छ । उक्त गीत पुराना गायक शम्भु राइको गीतसंग मिलेपछि ‘गीत चोरी’ को विवाद झनै चर्किएको छ । लामो समयदेखि यी दुई छलफलमा रहेपनि दुइको छलफल किनारा लाग्न भने सकेको छैन । आफूले तयार पारेको ‘देउसी भैली’ बोलको गीतको लय मिलेको भन्दै राइले निवेदन मार्फत उजुरी गरेका हुन् । उनले केही दिन अगाडि मात्र प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा निवेदन दिएको बताएका छन् । ‘मैले गीतको लय मिलेको भनेर उजुरी दिएको छु’ उनले भने ‘यो बौद्दिक सम्पत्तीको कुरा हो , जे गर्छ कानुनले नै गर्छ ।’ साथै , उनले आफू र प्रकाश सपुतविच सिस्टममा मतवेद मात्र भएको तर व्यक्तिगत रुपमा कुनै इगो नभएको पनि स्पष्ट पारे ।






