फिल्म । छायाँकनरत फिल्म ‘पोइ पर्यो काले’ को सेटबाट केहि तस्वीर बाहिरिएका छन् । सार्वजनिक तस्वीरमा पुजा शर्मा र आकाश श्रेष्ठ जोडी देखिएका छन् भए अर्का अभिनेता सौगात मल्ल पनि दुलाहाको भेषमा छन् । पुजा र सौगात जोडी भनिएको फिल्मको सार्वजनिक तस्वीरमा पुजा बेहुली बन्दा आकाश बेहुला बनेका छन् ।
एक गीत खिच्न बाँकी राख्दै शुक्रबारबाट फिल्म प्याकअप भएको निर्देशक शिशिर राणाले जानकारी दिए । आउँदो कात्तिक ८ गते दिपावलीमा फिल्म रिलिज हुँदैछ । फिल्ममा सृष्टि श्रेष्ठको पनि अभिनय छ । निर्देशक शिशिर राणाले फिल्म हेरेपछि सार्वजनिक तस्वीरले उत्पन्न गरेको कौतुहता मेटिने बताउँछन् । फिल्मको मुख्य ट्विस्ट नै यही रहेको उनको भनाई छ । यस फिल्मको मूल कथा भने सौगातको वरिपरि घुमेको छ ।
यसमा सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा निर्देशक राणा स्वयंले लेखेका हुन् । शिव ढकालले फिल्म खिचेका हुन् । फिल्मका गीतमा सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । तारा प्रकाश ‘किम्भे’ को सम्पादन रहने फिल्मको प्रस्तुतकर्तामा श्याम बहादुर थापा रहेका छन् । दिपक मनाङ्गे र अ.देवि राई निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार छन् । सह-निर्मातामा अर्जुन खनिया र देव तामाङ रहेका छन् ।











