‘छमाया छपक्कै’ मा जितुको यस्तो लुक्स

फिल्म । यतिबेला छक्का पञ्जा टिम ‘छमाया छपक्कै’ को छायाँकनमा व्यस्त छन् । सिन्धुली आसपासका क्षेत्रमा यसको छायाँकन भइरहेको छ । यसै फिल्मका कलाकार मध्यका एक जितु नेपालको लुक्सले यतिबेला चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा फाट्टफुट्ट देखिएको जितुको गेटअप शनिवार प्रष्ट भयो । उनि शनिवार कलाकार संघको निर्वाचनमा मत खसाल्न आइपुगेका थिए ।

उनि नयाँ गेटमा देखिएको कारण त्यो फिल्मको लागि हो भन्ने अनुमान लगाउन गाह्रो थिएन । फिल्म फ्रेन्च कटमा देखिएका थिए । उनको लुक्सलाई हेर्दा उनि अफिस ब्वाईको भूमिका निर्वाह गरेको अनुमान लगाउन सकिन्छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भइरहेको फिल्ममा दिपकराज गिरी, केदार घिमिरे , केकी अधिकारी , सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा निर्देशन सल्लाहकारको रुपमा दीपाश्री निरौला छिन् ।

कमेन्ट गर्नुहोस्