वरुणको प्रतिक्षित फिल्मको रिलिज डेट घोषणा

फिल्म । बलिउडमा पछिल्लो समय वरुण धवन एकपछि अर्को फिल्म मार्फत सफलता हात परिरहेका छन् । यिनै वरुणको नयाँ फिल्मको नाम ‘स्ट्रीट डान्सर ३’ रहेको छ । फिल्मको पहिलो सेड्युल सकिएपछी यसको रिलिज डेट पनि घोषणा गरिएको छ । फिल्मलाई दर्शकले आउँदो वर्षको जनवरी२४ मा हेर्न पाउनेछन् । सामाजिक सञ्जाल मार्फत यसको घोषणा गरिएको हो । यस अगाडी फिल्म नोभेम्बर ८ मा रिलिज हुने घोषणा गरिएको थियो । ‘एविसिडी’ सिरिजको तेस्रो सिरिजमा आइपुग्दा यसको नाम परिवर्तन गरिएको हो ।

फिल्ममा वरुणसँगै श्रद्धा कपूर लिड रोलमा रहेकीछिन् भने यसमा प्रभु देवाको पनि भूमिका रहनेछ । उनलाई दोस्रो रिलिजमा देखिएको थियो । फिल्मलाई रिमो डिसुजाले निर्देशन गरेका छन् । गत वर्ष उनको फिल्म रेस ३ ले बलिउडमा राम्रो ब्यापार गर्न सकेन । यसैले पनि उनले आफ्नै फिल्म ‘एविसीडी’ सिरिजलाई सुरुवात गरेका छन् । फिल्ममा पहिला कट्रिना कैफलाई प्रस्ताव गरिएको थियो तर उनले व्यस्तता देखाउदै फिल्ममा अभिनय नगर्ने बताइन ।

कमेन्ट गर्नुहोस्