फिल्म । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रेस’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो जेठ २४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने फिल्मको ट्रेलरमा माया , मित्रता र बदलाको भावलाई देखाइएको छ । माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालिको संयुक्त प्रस्तुति रहेको ‘रेस’मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान शंकर (ईकु), किरण केसी, जियान र एजेश सैंजुको मुख्य भूमिका छ ।
किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको यो फिल्ममा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व रहेको छ । फिल्मका निर्माता हस्त लिबांग हुन भने सह-निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, कार्यकारी निर्माता किशोर पालुङ्गवा तथा पासाङ ह्याल्मो, रबी कुमार गुरुङ र पदम चोंगबाङ्ग रहेका छन् ।










