फिल्म । आँबुखैरेनी स्रष्टा समाजले ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’ कलाकार उत्तम केसीलाई प्रदान गर्ने भएको छ । समाजले आउँदो २८ गते शनिबार आँबुखैरेनीमा एक विशेष समारोहकाबीच केसीलाई पुरस्कार प्रदान गर्न लागेको हो । आँबुखैरेनी स्रष्टा समाजद्वारा हरेक वर्ष प्रदान गरिने आबुँखैरेनी वाङ्मय पुरस्कार २०७४ को लागि यज्ञशको गैर आख्यान कृति ‘भूइयाँ’ लाई प्रदान गर्ने भएको छ ।
दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । सोही अवसरमा २०७४ को महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँवुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने भएको छ ।
कमेन्ट गर्नुहोस्










