सरिता राई प्रस्तुतकर्ता रहेको फिल्मको छायाँकन यही २५ गतेबाट सुरु हुँदैछ । काठमाडौं, धरान र झापामा छायाँकन हुने फिल्मलाई रामेश्वर हुमागाइँले खिच्नेछन् । विनय पौडेलले निर्देशक नेत्रलाई निर्देशनमा सघाउनेछन् । फिल्मको कथा पनि निर्देशक स्वयंको हो ।
उर्मिला वान्तवा राईको लगानीमा निर्माण हुने फिल्ममा गोविन्द प्रभात, नरेन खड्का, तुलसा थापा, दीपेन्द्र दनौल, चन्दा राईलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेता समेत रहेका गोविन्दले नै फिल्मका गीतमा कोरियोग्राफी गर्नेछन् । फिल्मका गीतमा रमेश खड्काले संगीत भर्ने जिम्मेवारी पाएका छन् ।

कमेन्ट गर्नुहोस्







