सपना पुरा गर्दै शाहरुख

फिल्म । बलिउडमा शाहरुख खानलाई रोमान्स किङ भनेर चिनिन्छ । उनलाई सम्झाउने नै उनले निर्वाह गरेका विभिन्न रोमान्टिक क्यारेक्टरले हो । यसैले गर्दा उनले एक्सन जनरका निकै कम फिल्म गरेका छन् । यिनै शाहरुखले पछिल्लो समय एक अवार्डमा आफुले पुलिस अफिसरको भूमिका कुनै फिल्ममा पनि निर्वाह नगरेको बताएका थिए । उनले आफुलाई उक्त भूमिकामा देखिने ईच्छा समेत जाहेर गरेका थिए । अब शाहरुखको यो सपना सलमान खानले पुरा गर्ने भएका छन् ।

सलमानको छायाँकनरत फिल्म ‘दबंग ३’ मा शाहरुखको स्पेसल एपिरेन्स रहनेछ । सलमान पुलिस अफिसर बन्नु अगाडीको फ्ल्यास ब्याकमा शाहरुख नै सलमानको प्रेरणा बन्नेछन् । यसिअले गर्दा शाहरुख फिल्ममा पुलिस अफिसरको भूमिकामा देखिनेछन् । पछिल्लो समय ट्युबलाइट र जिरोपछी एक्सन अवतारमा शाहरुख र सलमानलाई एकै फ्रेममा देख्न पाउँदा दर्शक उत्साहित छन् । मधुर भण्डारकरको निर्देशनमा तयार हुने इन्स्पेक्टर गालिबमा पनि शाहरुखले काम गर्ने चर्चा नभएको होइन । तर यसको घोषणा अझै भएको छैन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्