फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका (भिडियो)

फिल्म । चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को लभ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ फ्लाइङ्ग’ बोलको गीतमा डेब्यु गर्ल मलिका महतसँग सलिनमान बनिया रोमान्टिक अवतारमा देखिएका छन् । गीतलाई पोखराको रमणीय स्थलमा छायाँकन गरिएको छ भने यसमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ । गीतलाई निर्माण पक्षले फिल्म रिलिजपछि सार्वजनिक गरेको हो । ‘हामीले प्लनिङ्ग अनुसार नै यसलाई रिलिजपछि सार्वजनिक गरेका हौ’ निर्देशक सम्राट शाक्य भन्छन् ‘फिल्मले प्राप्त गरेको प्रतिक्रियाले निकै उत्साहित छौ ।’ फिल्ममा सलिनले भ्लग मार्फत समाजमा ल्याउन सकिने परिवर्तनलाई चित्रण गरेका छन् । फिल्ममा सलिनसंगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मलिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।

कमेन्ट गर्नुहोस्