फिल्म । पछिल्लो समय नेपालमा पनि मार्भलको फिल्मलाई रुचाइन्छ । सुपर हिरोको कथामा बन्ने फिल्मलाई विशेष गरि सहरमा मल्टिप्लेक्स पुग्ने दर्शकले हेर्ने सुचीमा सुचिकृत गर्ने गर्छन । क्याप्टेन अमेरिका सिरिजलाई नेपालमा पनि उत्तिकै रुचाइन्छ । यसै सिरिजको फिल्म ‘क्याप्टेन मार्भल’ मार्च ८ बाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउंदैछ । केहि समय अगाडी देखि नै फिल्मको प्रतीक्षामा नेपाली दर्शकपनि थिए ।
किनकी फिल्मको ट्रेलरलाई नेपाली मल्टिप्लेक्स सिनेमाजमा राम्रो स्थान दिइएको थियो । तर अन्तिमसमयमा आएर फिल्म नेपाल नआउने भएको छ । कारण पुष्टि नभएपनि शुक्रबारबाट शो दिइएको यसफिल्मलाई मल्टिप्लेक्सले आ-आफ्नो वेवसाइटबाट हटाएका छन् । मार्भल इन्टरटेनमेन्टको अघिला फिल्म प्रदर्शन गर्दै आएको वितरक गोपिकृष्ण मूभिजले रिलिज स्थगन बारे जनाएको छैन । अन्तिम समयमा आएर रिलिज स्थगन हुदा दर्शकले असन्तुष्टिहरु सामाजिक सञ्जालमा पोखेका छन् ।











