हलिउड । ‘द जंगल बुक’ को सफलतापछी यसका निर्देशक जोन फेवरिउले नयाँ फिल्म ‘द लायन किङ्ग’ लिएर आउने भएका छन् । डिजनेको समेत लगानी रहेको फिल्मको टिजर सार्वजनिक गरिएको छ , जसलाई दर्शकले अत्यधिक रुचाएका छन् । टिजर युट्युबमा अपलोड भएको झन्डै २४ घण्टामा यसलाई १ करोड २८ लाख भन्दा बढी पटक हेरिएको छ ।
जंगलकै कथामा तयार गरिएको फिल्मको टिजरले पाएको लोकप्रियताको आधारमा पनि यसको सफलता मापन गर्न सकिन्छ । सन् १९९४ मा रिलिज गरिएको एनिमेशन फिल्मको रिमेक भनिएको यसमा जंगलको राजा सिंहको बच्चाको कथालाई देखाइएको छ । उनले गर्ने संघर्षले दर्शकलाई मनोरंजन दिनेछ ।
कमेन्ट गर्नुहोस्








