‘ठग्स अफ हिन्दोस्तान’ बलिउडकै बिग रिलिज

बलिउड । आउदै गरेको दिपावलीलाई लक्षित गर्दै प्रदर्शनमा आउँन लागेको फिल्म हो ‘ठग्स अफ हिन्दोस्तान’ । अमिताभ बच्चन र आमिर खान अभिनित भएकोले पनि फिल्म यतिबेला प्रतिक्षित बनेको छ । फिल्मको कमाइ कति होला ? भन्ने कौतुहलता त छ नै साथै ट्रेड एनालिस्टहरु आ-आफ्नो तर्क समेत दिईरहेका छन् । केहि समयको अन्तरालमा आमिर यसकिसिमको भूमिकामा प्रस्तुत भएका छन् । फिल्मको स्टारकास्टको कारण बढ्दो हाइपलाई मध्यनजर गर्दै निर्माण कम्पनि यशराज फिल्म्सले यसलाई भारतमा ५ हजार स्क्रिनमा रिलिज गर्ने भएको छ । जसमध्य ४५ सय हिन्दि र बाकी तमिल र तेलुगु भाषामा रिलिज हुनेछन । यसरि हेर्दा फिल्मले डे फर्स्टको रेकर्ड मात्र होइन , अन्य फिल्मको लाइफटाइम रेकर्ड पनि ब्रेक गर्ने अनुमान ट्रेड एक्स्पर्टले गरेका छन् । विजयकृष्ण आचार्यको निर्देशनमा तयार भएको फिल्ममा कट्रिना कैफ , फातिमा शेख लगायतको अभिनय रहेको छ । यसैगरि फिल्मको अन्तराष्ट्रिय फिल्म पनि अहिलेसम्मकै इण्डियाको इतिहासमा बढी हुने खबर भारतीय मिडियामा छ । ट्रेड एक्स्पर्ट तरण आदर्शले ट्विट गर्दै फिल्मले ओभरसिज रिलिज अहिलेसम्मकै बलिउड फिल्मको इतिहासमा बढी हुने जनाएका छन् ।
कमेन्ट गर्नुहोस्