फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत नेपाली फिल्महरूको फागुन २३ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो।
गत माघ २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘रमिताको पिरती’ ले हालसम्म रु ३० लाख १३ हजार ८४३ कमाइ गरेको छ। नव निर्देशक सुदीप्ता अधिकारीको निर्देशनमा बनेको उक्त फिल्मका लागि कुल ९ हजार ५६४ टिकट बिक्री भएका छन् ।
फिल्ममा आना शर्मा, धिरज मगर, विनय श्रेष्ठ र समिर श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । दर्शकबाट सकारात्मक समीक्षा पाए पनि फिल्मले अपेक्षाअनुसार व्यापार गर्न सकेको छैन । माघ २३ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मको व्यापार अपेक्षाभन्दा कम देखिएको छ।
कमेन्ट गर्नुहोस्








