फिल्म । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको अल्पायुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा अक्षय कोषको स्थापना गरिएको छ । नयाँ पत्रकारलाई प्रोत्साहन गर्ने उदेश्यले स्थापना गर्न लागिएको ‘दिनेश सिटौला स्मृति पुरस्कार’ कम्तीमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना हुने घोषणा गरिएको छ ।
सङ्घले प्रत्येक वर्ष माघ १८ गते स्व. सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गर्ने र वार्षिक उत्सवका अवसरमा जेठ ७ मा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्यसहित उक्त अक्षय कोष स्थापना गरिएको जनाएको छ । उपस्थितले स्व. सिटौलाले पुराना र नयाँ पुस्ताका पत्रकार तथा फिल्मकर्मीहरूबीच सहकार्य र सहजीकरणको वातावरण सिर्जना गरेको उल्लेख गरेका थिए ।
कमेन्ट गर्नुहोस्










