फिल्म । ‘बल्छी धुर्वे’ पात्रमार्फत टेलिशृंखलामा परिचित कलाकार मरिचमान श्रेष्ठको निर्देशनमा तयार भएको फिल्म ‘गोबर गणेश’ ले रु १ करोड ३६ लाख २० हजार ८६६ आम्दानी गरेको छ । गएको माघ १७ गते शनिवारसम्म फिल्मले ४८ हजार ५३ वटा टिकट बिक्री गर्न सफल भएको छ ।
मरिचमान श्रेष्ठकै निर्देशनमा बनेको फिल्ममा वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्










