प्रभात र स्मारिकाको ‘मुग्लान’ फ्लप

फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनमा रहेका नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’मार्फत सार्वजनिक विवरणअनुसार विभिन्न फिल्महरूको आम्दानी तथा टिकट बिक्रीको तथ्यांक सार्वजनिक गरिएको हो । उक्त विवरण गएको पुस १९ गतेसम्मको हो ।

बोर्डका अनुसार पुस १० गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मुगलान’ ले सो अवधिसम्म ६ लाख ५ हजार २९४ रुपैयाँ आम्दानी गरेको छ । आशिष ढकाल निर्देशित यस फिल्मका कुल २ हजार २८८ टिकट बिक्री भएका छन् । फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु र दिनेश डीसीलगायत कलाकारको अभिनय रहेको छ । यो फिल्म घरेलु बजारमा असफल भएको छ ।

कमेन्ट गर्नुहोस्