‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन

फिल्म । नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर १’ आज (बिहीबार) बाट देशव्यापी प्रदर्शनमा आएको छ । उँधौली पर्वको बिदाको अवसर पारेर निर्माण टिमले आजको मितिमा फिल्म रिलिज गरेको हो । फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । गएको सोमबार आयोजना गरिएको प्रिमियरमा पाएको उत्साहजनक प्रतिक्रियाजस्तै दर्शकबाट पनि सकारात्मक ‘वर्ड अफ माउथ’ को अपेक्षा निर्माण पक्षले राखेको छ।

फिल्मले उठान गरेको विषयवस्तु, मेकिङ, प्रस्तुति र अभिनयको तारिफ पाएकाले दर्शकले पनि फिल्म मन पराउनेमा कलाकारहरू विश्वस्त छन् । ‘हामीले केही फिल्म मेकर, कलाकार र पत्रकारलाई फिल्म देखाएका छौँ । उहाँहरूले मुक्तकण्ठले प्रशंसा गर्नु भएको छ । त्यसैले दर्शकले पनि मन पराउनु हुनेछ भन्नेमा हामी ढुक्क छौँ । दर्शकले जस्तो प्रतिक्रिया दिनु हुनेछ, त्यसलाई हामी सुझावको रूपमा लिएर अगाडि बढ्ने छौँ’, अभिनेता चौरासियाले भने ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको ‘अभिमन्यु : च्याप्टर–१’ यही बिहीबारबाट रिलिज हुँदैछ । फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । फिल्मका निर्देशक सुशान्त गौतम हुन् भने क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

यसमा मुकेश खनालको लेखन रहेको छ भने यसलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्देशन गरेका हुन् । ‘अभिमन्यु’ नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा रिलिज भएको छ।

कमेन्ट गर्नुहोस्