‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा सञ्चालन हुँदै

देश । नेपालको मानसिक स्वास्थ्य तथा वैकल्पिक उपचार क्षेत्रमा अग्रणी भूमिका खेलिरहेका हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता, र मनोवैज्ञानिक आयुष चन्द्र रेग्मीले आफ्नो प्रतिष्ठित केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा यही ५ डिसेम्बर २०२५ देखि बुटवलमा सञ्चालन गर्ने भएका छन् । उनले प्राचीन उपचार पद्धति र आधुनिक विज्ञानलाई संयोजन गर्दै हिप्नोथेरापी, ऊर्जा उपचार, तन्त्र, र समग्र मानसिक-शारीरिक सन्तुलनका लागि विशेष सेवा प्रदान गर्दै आएका छन् ।

हालसम्म ४ हजार भन्दा बढी सफल केसहरू समाधान गरी मानिसहरूको मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनमा उल्लेखनीय योगदान दिएका आयुषले बुटवल शाखामा व्यक्तिगत सत्र, कार्यशाला, र समूह शिक्षण मार्फत ग्राहकहरूको मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनमा ध्यान केन्द्रित गर्ने योजना बनाएको जनाएका छन्।

उक् केन्द्रले हिप्नोथेरापीको माध्यमबाट तनाव, भय (फोबिया), खराब बानी, र अन्य मानसिक चुनौतीहरू समाधान गर्न सहयोग गर्नेछ । यी विधिहरूले भावनात्मक स्वास्थ्य, ऊर्जा सन्तुलन र आत्म–साक्षात्कारमा योगदान पुर्याउनेछन् ।

आयुषका अनुसार, बुटवलमा स्थापना हुन लागेको नयाँ शाखाले पश्चिम नेपालका मानिसहरूलाई नजिकैबाट सुविधा, प्रशिक्षण, र स्वास्थ्य-सन्तुलनसम्बन्धी सेवाहरू प्रदान गर्नेछ । काठमाडौंको सफल अनुभवलाई आधार मानेर बुटवल शाखाले अझ व्यापक सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ ।

बुटवल शाखाको औपचारिक उद्घाटन समारोह ५ डिसेम्बर २०२५ का दिन विशेष अतिथिहरूको उपस्थितिमा आयोजना गरिनेछ । आयुष र उनको टीमले यहाँका नागरिकहरूलाई मानसिक सन्तुलन, व्यक्तिगत विकास र आत्म–साक्षात्कारमा सहयोग पुर्याउने उद्देश्य लिएको छ ।

कमेन्ट गर्नुहोस्