‘द फनटुज शो’ सुरू

टिभी । नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘द फनटुज शो’ शनिबारदेखि ओएसआर रियालिटीमार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ । हिल्स एन्ड होराइजन फिल्म्स प्रा.लि. को प्रस्तुतिमा रहेको यो शोको निर्देशन चर्चित कमेडियन कैलाश कार्कीले गरेका छन् । उनी यसअघि ‘रियालिटी शो कमेडी च्याम्पियन’बाट परिचित छन् ।

कार्यक्रमलाई अर्का चर्चित कमेडियन सन्तोष थापाले होस्ट गरेका छन् ।कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन् । उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन् ।शो तीन राउन्ड — सिल्भर, गोल्ड र डायमन्ड मा विभाजित छ ।

प्रत्येक राउन्डमा छ एपिसोड रहनेछन् र एलिमिनेशन तथा वाइल्डकार्ड प्रणाली लागू हुनेछ । यसरी २० एपिसोडको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ । ‘द फनटुज शो’ नेपालकै पहिलो तथा ठूलो इम्प्रभ कमेडी शोका रूपमा सुरु भएको छ । प्रत्येक एपिसोडको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ, जसले नगदसहित विभिन्न पुरस्कार जित्नेछन् ।

कमेन्ट गर्नुहोस्