‘अभिमन्यु : च्याप्टर १’ को नयाँ गीत ‘मरौँ ज्यानले…’ सार्वजनिक

फिल्म । आगामी असोज २४ गते पदर्शन हुने फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ गीत ‘मरौँ ज्यानले…’ सार्वजनिक गरिएको छ । यो गीतमा सुरेश बादलको शब्द, सुशान्त गौतमको संगीत र स्वर समावेश छ । गीतले प्रेममा डुबेको जोडीको भावनालाई चित्रण गर्छ, जहाँ प्रेमबिना बाँच्न नसक्ने तर मर्न पनि नसक्ने अवस्थालाई व्यक्त गरिएको छ। बाहिर कठोर देखिने व्यक्तिको भित्री कोमल हृदय र एकअर्काको मनमा बसेको प्रेमलाई गीतले सुन्दर ढंगले प्रस्तुत गरेको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य पात्रहरू कामेश्वर चौरसिया र लक्ष्मी बर्देवाको प्रेमिल दृश्य देखाइएको छ। आगामी असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुनेछ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमद्वारा निर्देशित यो फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने लेखन मुकेश खनालले गरेका छन्। फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता छन्। जीवन शाक्य लाइन प्रोड्युसरको भूमिकामा छन् । फिल्मको छायांकन शरद महतोले गरेका छन् भने मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्