गीतमा तमन्नाको बोल्ड अवतार

फिल्म । भारतीय अभिनेत्री तमन्ना भाटिया आफ्नो लुक्सका कारण चर्चामा आउने गर्छिन् । उनले आइटम गीतमा गर्ने डान्सले उनलाई दर्शकले प्रिय बनाएको छ । पछिल्लो समय उनले आइटम डान्समा अन्य अभिनेत्रीलाई पछाडि पारेकी छिन् । हालै उनले आर्यन खानको डेब्यु निर्देशन रहेको सिरिज ‘द ब्याड्स अफ बलिउड’ मा सामावेश गीत ‘गफूर’ मा आइटम डान्स गरेकी छिन् ।

उक्त गीतमा देखिएकी तमन्नाको अवतारलाई दर्शकले निकै रुचाएका छन् । उनको बोल्ड एण्ड ब्युटीको सबैले तारिफ गरेका छन् । गीतमा तमन्नासँगै बलिउडका चर्चित खलनायकहरू शक्ति कपूर, गुलशन ग्रोवर र रञ्जीत पनि देखिएका छन् । उनीहरूको उपस्थितिले दर्शकहरूलाई ८०/९० को दशकको बलिउडको याद दिलाएको छ ।

भिडियोको निर्देशन फराह खानले गरेकी हुन्, जसले भिजुअलमा आफ्नो विशेष कोरियोग्राफी शैली थपेकी छिन् । नेटफ्लिक्सले महङ्गो मुल्यमा खरिद गरेको उक्त भिडिओमा भारतीय सिरिज उद्योगमा हुने घटनाक्रमलाई देखाईएको छ । विशेषत बलिउडमा एउटा कलाकारले स्टारले बन्न गर्ने सङ्घर्षलाई उक्त सिरिजमा देखाइएको छ । यो सिरिज सेप्टेम्बर १८ देखि स्ट्रिमिङ भइरहेको छ । पछिल्ला वर्षहरूमा सर्वाधिक प्रतीक्षा गरिएको सिरिजका रुपमा यसलाई हेरिएको छ ।

आर्यनको निर्देशकीय डेब्यु भएकाले ‘द ब्याड्स अफ बलिउड’ ले सर्वाधिक चर्चा पाएको हो । आर्यनको डेब्यु निर्देशन भएकाले उक्त सिरिजमा शाहरुख खान, सलमान खान, सलमान खान, रणवीर सिंह, रनबीर कपूर, इमरान हास्मी, एसएस राजामौली, सारा अली खान, इब्राहिम अली खान, करण जोहर जस्ता कलाकारले समेत छोटो भूमिकामा अभिनय गरेका छन् ।

गौरी खानद्वारा निर्मित यो सिरिजमा लक्ष्य, साहेर बाम्बा, मोना सिंह, राघव जुयाल, बबी देओल, मनोज पहवा, मनीष चौधरी, अन्या सिंह, विजयन्त कोहली, रजत बेदी, गौतमी कपूर लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्