एकल नारीको कथामा ‘हिरा’

सिरियल । पतिवियोगमा परेकी एकल नारीको कथालाई समेटेर तयार पारिएको टेलिसिरियल ‘हिरा’को ट्रेलर सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले शनिबार ट्रेलर सार्वजनिक गर्दै यही भदौ १९ गतेदेखि सिरियल प्रसारण हुने जानकारी दिएको छ । ट्रेलरले एकल नारीले सामाजिक रूपमा भोग्नुपर्ने परिस्थिति, जातीय भेदभाव र सामाजिक बहिष्करणमा आधारित पारिवारिक कथालाई प्रस्तुत गरेको संकेत गर्छ ।

निर्माण कम्पनीले सिरियललाई ‘कथा घरघरको’ नारा दिएको छ । निर्देशक विशाल बरालका अनुसार सिरियल राष्ट्रिय टेलिभिजन र छत्रेश्वरी म्यानेजमेन्टको आधिकारिक युट्युब च्यानल ‘सिएम डिजिटल’ मार्फत प्रसारण हुनेछ । सिरियलको कथा विराज विष्टले लेखेका हुन् । विराज विष्टको कथामा आधारित यो सिरियल पवी दाहालले निर्माण गरेकी छन् ।

सिरियलमा विशाल पहारी, प्रीया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुन मगर, सिर्जना सिटौला, दिनेश कठायत, गंगाराम श्रेष्ठ, पवी दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसीले अभिनय गरेका छन् । सिरियलको सम्पादन मिलन विश्वकर्माले, ब्याकग्राउन्ड म्युजिक किरण तुलाधरले र पोस्टर राकेश दाहालले तयार पारेका छन् ।

सम्पूर्ण छायाङ्कन काभ्रेको बनेपा ३, नाला चुना ताल आसपास गरिएको छ । स्व. मोती विष्टको प्रस्तुतिमा तयार यो सिरियललाई राजबहादुर सानेले लेखेका हुन् । छायाङ्कन रक् कौसलले गरेका छन् भने शीर्ष गीतमा जय देवकोटाको सङ्गीत र गायिका समिक्षा अधिकारीको स्वर छ ।

कमेन्ट गर्नुहोस्