ओटीटी । भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ निर्देशन गर्ने खबरदेखि नै यसको चर्चा चुलिएको छ । नेटफ्लिक्सले महङ्गो मुल्यमा खरिद गरेको उक्त भिडिओमा भारतीय सिरिज उद्योगमा हुने घटनाक्रमलाई देखाईएको छ । विशेषत बलिउडमा एउटा स्टारले गर्ने व्यबहारलाई उक्त सिरिजमा देखाइएको छ ।
आर्यनको डेब्यु निर्देशन भएकाले उक्त सिरिजमा सलमान खान, रणवीर सिंह, रनबीर कपूर, आलिया भट्ट, एसएस राजामौली, सारा अली खान र इब्राहिम अली खान, करण जोहर जस्ता कलाकारले समेत छोटो भूमिकामा अभिनय गरेका छन् । भारतीय मिडियाको खबरलाई मान्ने हो भने उक्त सिरिजमा शाहरुख खान र आमिर खानसमेत देखिनेछन् । अर्थात् तीन खान एकसाथ देखिने यो पहिलो सिरिज बन्ने छ ।
रेड चिलीज इन्टरटेन्मेन्टको ब्यानरमा गौरी खानद्वारा निर्मित यो सिरिज आगामी सेप्टेम्बर १८ मा नेटफ्लिक्समा रिलिज हुनेछ । सार्वजनिक टिजरमा शाहरुखले आफ्नो आवाज दिएका छन् । यसमा लक्ष्य, साहेर बाम्बा, मोना सिंह, राघव जुयाल, बबी देओल, मनोज पहवा, मनीष चौधरी, अन्या सिंह, विजयन्त कोहली, रजत बेदी, गौतमी कपूर लगायतका कलाकारको अभिनय रहेको छ ।









