फिल्म । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको तेस्रो फिल्म ‘जारी २’ आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शन हुने भएको छ । पाँचथरमा छायांकन गरिएको उक्त फिल्मलाई बाँसुरी फिल्म्सले निर्माण गरेको हो ।
घटस्थापनाको डेटमा प्रदर्शन हुने फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखु को अभिनय रहेको छ ।
सार्वजनिक तस्वीरमा मिरुनालाई लिम्बू पहिरनमा र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ । यो फिल्मको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ ।
‘जारी २’ मा २०८० सालको ब्लकबस्टर फिल्म ‘जारी’ का निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको छ । कवि सुब्बाको डेब्यु निर्देशन रहेको ‘जारी’ ले नेपाली बक्सअफिसमा १७ करोडभन्दा माथिको व्यापार गरेको थियो । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।










