टिकटकमा ‘मायावी’ का दृश्यहरू

फिल्म । महाशिवरात्रिको अवसर पारेर प्रदर्शन भएको फिल्म ‘मायावी’ का दृश्यहरू टिकटकमा पाइएपछि निर्माण पक्षले त्यसका विरुद्धमा साइवर व्युरो जाने भएको छ । निर्माण पक्षले विज्ञाप्ति जारी गर्दै सामाजिक सञ्जालमा फिल्मको अन्तिम दृश्य (क्लाइमेक्स) छ्याप्छ्याप्ती हुनु दु:खद रहेको प्रतिक्रिया दिएको छ ।

देशका विभिन्न हलमा फिल्मको व्यापार सुखद भइरहनु र फिल्मको कथावस्तु, कलाकारको अभिनयलाई पनि दर्शकले मन पराएको अवस्थामा टिकटक लगायतका सञ्जालमा फिल्मका मुख्य दृश्य पाइनुले व्यापारमा असर गरेको निर्माण पक्षको भनाइ छ । यसले दर्शकको उत्सुकतालाई कम गराउने निर्माण पक्षले विज्ञाप्तिमा जनाएको छ ।

फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराइले महत्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन् । यसको निर्माणपक्षले साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको छ ।

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा बनेको यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, समिम खान, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

कमेन्ट गर्नुहोस्