बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान

फिल्म । चलचित्र विकास बोर्डले बनेपा नगरपालिकाको वडा नं. १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ। बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, निर्माणका लागि इच्छुक कम्पनीहरूलाई आगामी ३० दिनभित्र ई-बिडिङमार्फत आवेदन दिन आग्रह गरिएको छ। बोर्डका अध्यक्ष दिनेश डिसीले बन्ने स्टुडियो सम्भवतः नेपालकै सबैभन्दा ठूलोआकारको इनडोर सुटिङ स्टुडियो हुने बताए ।

यो परियोजनाले स्वदेशी फिल्म उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको सुटिङ स्थल प्रदान गर्नेछ । बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयन चरणमा जान सकेको थिएन । यो पटक बोर्ड अध्यक्ष डिसीको सक्रियतामा बोर्डबाट योजना अगाडि बढाउन ठोस पहल गरिएको हो। यो स्टुडियोको शिलान्यास २ महिनाभित्र नै गर्ने बोर्डको योजना रहेको छ ।

स्टुडियो निर्माणपछि स्वदेशी चलचित्रका निर्माता तथा निर्देशकलाई आधुनिक सुटिङ प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुनेछ। यस स्टुडियो निर्माणपछि नेपाली फिल्म उद्योगलाई गुणस्तरीय सुटिङ वातावरण प्रदान गर्ने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्