मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

थियटर । काठमाडौँ थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को नियमित मञ्चन भइरहेको छ । सन्तानसुखको आशामा बसेका आम दम्पतीको मनोदशा, संवेग र कठिनाइको आयामलाई नाटकमार्फत प्रस्तुत गरिएको निर्देशक केदार श्रेष्ठले बताए ।

‘दम्पतीको सन्तान प्राप्तिको उत्कट चाहना र त्यससँगै आउँने जटिलतामा आधारित नाटकमा मानव जीवनका संवेदना, सहअस्तित्व र प्रेमको कथा प्रस्तुत गरेको छौँ । यसमा घटनाभन्दा पनि त्यसबाट सिर्जित प्रभाव र प्रेमको कथालाई प्रस्तुत गरेका छौँ’, निर्देशक श्रेष्ठले भने ।

अभिनेता तथा रङ्गकर्मी दयाहाङ राई निर्माता रहेको नाटकमा कार्म र मेनुका प्रधानले दम्पतिको भूमिका निर्वाह गरेका छन् । गत २५ कात्तिकदेखि सुरू भएको नाटक मङ्सिर १६ गतेसम्म चल्ने लेखक तथा निर्देशक श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्