फिल्म । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ को रिलिज तय गरिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने यसका निर्माण पक्षले जानकारी दिएका छन् । फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् ।
पल र दीपिकासँगै फिल्ममा सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । समिमले यही फिल्मबाट डेब्यु गर्दै छन् ।
फिल्मका निर्माता राज कटुवाल,चन्द्र पन्त र ध्रुव प्रसाद न्यौपाने हुन् । प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा राजु पराजुली, रमा प्रसाईं र सुमित ओली छन् ।
क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ । निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्मको कथा पोखराको परिवेशमा तयार पारिएको छ ।












