दर्शक भेट्न पोखरामा ‘मोदीबेनी’

फिल्म । गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू तथा निर्देशक र निर्माताको टिम पोखरा पुगेको छ। पोखराका विभिन्न हलहरूमा दर्शकको चाप र कलाकार भेट्नको लागि माग आएको बताउँदै चलचित्र टिम पोखरा पुगेको छ। कलाकारहरू रेजिना उप्रेती, अमर प्रताप श्रेष्ठ, स्नेहा भट्टराई, दीपेन्द्र गौतम, अनामिका लामिछाने, रोजी श्रेष्ठ, निर्देशक शङ्कर कोइराला, लेखक आनन्द बिक्रम क्षेत्री, निर्माताहरू दिलीप केसी तथा हरि श्रेष्ठ लगायतको टिमले बुधवार पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स सिनेमा तथा सभागृह चोकमा रहेको मिडटाउन सिनेमा हलमा दर्शकसँग साक्षात्कार गरेका हुन्।

भरिभराउ दर्शक भेटेपश्चात् निर्देशक शङ्कर कोइरालाले दर्शकले चलचित्रको ‘थ्रिलिङ पार्ट’लाई रुचाएको बताए । उनले बुधवार सीमित शो रहेको र भएका शो हरूमा टिकट नपाउँदा हुँदा केही दर्शक फर्किन बाध्य भएको बताए। उनले भने,‘दर्शकको प्रतिक्रिया बुझ्दा वर्ड अफ माउथ’ले राम्रै काम गरेको देखिएको छ ।’

यो चलचित्र डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो। यसमा प्रवीण खतिवडा, सरोज खनाल, जीवन भट्टराई, कमलमणि नेपाल, हिउवाला गौतम लगायतको पनि अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्