निर्माणसँगै ‘कल्ली’ प्रदर्शन घोषणा

फिल्म । नयाँ फिल्मको नाम ‘कल्ली’ निर्माण हुने भएको छ । बेनिशा हमाल र पल शाहको अभिनय रहने फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गर्दैछन् । किरण नेपालीको लगानीमा बन्ने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ भने निर्माण प्रमुख सुरज आचार्य छन् ।

फिल्मको छायांकन अगावै निर्माणपक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ । सार्वजनिक तीन पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न छ । हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभुती हुने निश्चित छ । एउटा पोष्टरमा बेनिशाको आँखाबाट आँशु झरेको देख्न सकिन्छ ।

यो फिल्मलाई नयाँ बर्षको छेको पारेर चैत्रको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् । यो फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्