फिल्म । शिवरात्रीको अवसरमा प्रदर्शन गरिएको फिल्म ‘उपहार’ले सुखद सुरुआत गरेको छ । शुक्रबार विहानी शोदेखि नै फिल्म हेर्न दर्शकको भिडभाड हलमा देखिएको निर्माण पक्षले जानकारी दिएका छन् । साथै, दर्शकले फिल्म हेरेर ‘वर्ड अफ माउथ’ राम्रो दिएका छन् । यसले गर्दा आगामी दिनमा फिल्मको व्यापार बढ्नेमा निर्माण पक्ष आशावादी छ ।
निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेतात्रय मुकुन भुषाल, समर्पणजंग कार्की र तेज गिरी, वितरक करण श्रेष्ठलगायत विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिईरहेका छन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।
फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।









