‘नीरफूल’ को लिरिकल गीत

फिल्म । जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को गीतको लिरिकल भिडिओ सार्वजनिक गरिएको छ। भिडिओमा रूवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ। २०७२ को भूकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको फिल्मको यो गीतमा राजेश पायल राईको स्वर छ भने चन्द्रकुमार दोङले संगीत दिएका छन्।

सेलो संगीत आधारित गीतको लिरिकल भिडिओमा दयाहाङ राई आफ्नो परिवारसित हाँसीखुसी रमिरहेको देखिन्छ। साथै ‘फ्यामिली मिसिङ’ को दुःखलाई पनि भिडिओमा समेटिएको छ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत फिल्मको निर्देशन फूलमान वलले गरेका हुन्। पटकथा लेखक समेत रहेका निर्देशक वलले यो फिल्मलाई भूकम्पले भत्काएको सम्बन्धहरूलाई जोड्न गरिएको प्रयत्नको रूपमा दाबाी गरेका छन्।

धादिङको रूवी भ्याली, रसुवाको स्याफ्रुँबेसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन्। सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ।

नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा लगायतको पनि अभिनय छ।

कमेन्ट गर्नुहोस्