‘मखमली’ मा कुन्साङ्ग र मिरुना

सङ्गीत। अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ। द्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सन्तोष सुनारले सङ्गीत भरेका छन्। प्रकृति प्रेम र जीवनसँग जोडिएका शब्दमा सिर्जित गीतको भिडियोलाई निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन्।

भिडियोमा मिरुना मगर र कुन्साङ्ग बोमजोन फिचर्ड छन्। प्रेमकथा प्रस्तुत गरिएको भिडियोमा मिरुना आफ्नो प्रेम व्यक्त गरेर कुन्साङ्गलाई फकाउने कोसिसमा छिन्। भिडीयोमा राजिव समरको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र बिकास दाहालको सम्पादन रहेको छ।

कमेन्ट गर्नुहोस्